कपिलवस्तुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाईते



काठमाडौं । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना छन् । दुर्घटनामा घाइते भएकी पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको डिएसपी सिंहले बताए।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्