दाजुको हत्या गरी फरार युवक प्रहरी नियन्त्रणमा
सिराहा । सिराहामा सामान्य पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेर गाउँबाटका फरार थिए ।
हत्यापछि श्यामकुमारलाई प्रहरीले औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेपछि रोक्न आएका दाजु मोतीरामलाई श्यामकुमारले छातीमा धारिलो हतियारले प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका मोतीरामलाई तत्काल छिमेकीले लहानस्थित प्रादेशिक अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार
















