एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौँ १२ साउन । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावर बीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।
यस आयोजनामा एनएमबि बैंक को एकल ऋण लगानी रहेको छ। २।९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहनेछ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेकोमा उक्त कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंक लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन्। यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले २०७४ मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भइरहेको र उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार
















