बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु



हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा कांग्रेसका
केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थिति रहेको छ ।

बैठकको सुरुमा केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट आएको पत्र र त्यसपछि मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्