श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो



काठमाडौँ, १३ साउन । घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएकोे छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लागेको थियो ।  पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो । 
 नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरु आराम गर्ने गर्दछन् । आज  खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो । 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्