कागेश्‍वरी मनोहरामा आगलागी, ५ लाख बराबरको क्षति



काठमाडौँ । कागेश्‍वरी मनोहरामा आगलागी हुँदा झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका-५ मिलनचोकस्थित नारायण कृष्ण रसाईलीको साढे दुई तले घरमा ग्याँस लिग भई लागलागी भएको प्रहरीले जनाएको छ।

आगलागि प्रहरी, स्थानीयवासी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको छ।

आगलागीबाट जस्ताको टहरो पूर्ण रुपमा जलेर नष्ट भएको र झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्