महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु
जनकपुरधाम । महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा छन् ।
उनको दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको स्थानीय सुमन झाले जानकारी दिए ।
साँझ पोखरीमा डुबेको स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजेर शव निकालेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार










