काठमाडौंबाट इटहरी जाँदै गरेको ट्रक दुर्घटना, चालकको मृत्यु



काठमाडौं । काठमाडौँबाट इटहरी जाँद गरेको ट्रक उदपयुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएकोछ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्रक चालक उदयपुरकै त्रियुगा नगरपालिका–४ बगाहा घर भएका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएकोउमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्