माइतीघरमा आमरण अनसनमा बसेका दिक्तेलका मेयर बिरामी
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई बिरामी परेका छन्।
सत्याग्रहपछि आमरण अनसनमा बसेका भट्टराई बिरामी परेपछि उनलाई गएराति वीर अस्पताल भर्ना गरिएको छ।
बाँस लगायतका कच्चा पदार्थको सदुपयोग गरिनुपर्ने, पलास्किटजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउनुपर्ने, पहाडमा हुन सक्ने भूक्षय न्युनीकरण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने माग गर्दै भट्टराईले यही साउन ११ गतेदेखि माइतीघरमा भोक हड्तालसहित सत्याग्रह सुरु गरेका थिए।
उक्त बिषय बुधबार राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीले संसदमा पनी उठाएका थिए ।
बुधबार भट्टराईको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार
















