दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
दाङ । दाङको तुलसीपुरमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–७ मोतीपुरमा तुलसीपुरबाट बिजौरी जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टरमा सवार तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरका १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते उनीहरूलाई तत्काल राप्ती प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्याक्टर चालक तुलसीपुर-१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर-१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार
















