कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
कपिलवस्तु। कपिलवस्तुमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका १० पिपरास्थित नगवामा बग्ने खोलामा पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर वाणगंगा नगरपालिका ५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारुको मृत्यु हो ।
अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको टोलीले दुवै जनाको शव निकालेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार
















