कालीगण्डकीमा आएको बाढी सतर्कताको तहमा



काठमाडौं, साउन १८ । वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढी खतराको तह आसपास पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदीबेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्