पुर्ख्यौली घर हेर्न गएका व्यक्ति बाघको आक्रमणबाट घाइते



अछाम । अछामको ढकारी गाउँपालिका–४ मा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् ।

घाइते हुनेमा कैलाली मोहन्याल गाउँपालिका–१ फलिबिसौनाका ४८ वर्षीय धर्मसिंह थापा रहेका छन् ।

उनलाई ससुराली घर ढकारी–४ कैलासमा आएका बेला पुर्ख्यौली घर हेर्न जाने क्रममा बसन्त सामुदायिक वन अन्तर्गत बोके खोलामा बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आक्रमणमा परेका थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको छ ।

उनको अवस्था मध्यम रहेको र उपचारका लागि मंगलसैनस्थित जिल्ला अस्पताल अछाममा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्