लोकतन्त्रको रक्षाका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लाग्यो : डा. कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले दुई दल मिलेर बनेको सरकारको पनि जनताले अनुभूति गर्न नसकेको बताएका हुन् ।

कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको जिकिर गरे । उनले लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।

कार्यक्रममा राजनीति तर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी प्रतिभा तर्फ डा. प्रमिला गच्छेदारलाई नेता डा। कोइरालाले सम्मानपत्र प्रदान गरेका छन् ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्