मोटरसाइकल दुर्घटनामा परी बुवाको मृत्यु, छोरा घाइते
रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान सियारी गाउँपालिका-७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल सवार दुई जनामध्ये बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका -७ का ६० वर्षीय राममिलन धवल रहेका छन् ।
यस्तै मोटरसाइकल चालक ३० वर्षीय विनोद धवल ( छोरा) गम्भीर घाइते भएका छन् । उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार
















