आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं, साउन १९ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जसले गर्दा देशका धेरै ठाउँमा पानी परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै धनुषामा ७४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
आज दिउँसो मधेशसहित कोशी, लुम्बीनी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार










