तारकेश्वरका वडाध्यक्षको निधन
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार विहान निधन भएको हो ।
नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।
गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल वडाध्यक्षमा विजयी भएका थिए ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार










