घाँटीमा मुक्का र लठ्ठी प्रहार गरी पत्नीको हत्या
पर्सा । पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।
घरासयी विवादका क्रममा जितेन्द्र माझीले २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मादकपदार्थ सेवन गरेका जितेन्द्रले पत्नीलाई शनिबार राति मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार










