११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
काठमाडौैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
ठेक्काको काम समयमै सम्पन्न नगर्ने, कमसल सामग्री प्रयोग गर्नेलगायतको कारण देखाउँदै कार्यालयले निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ । उक्त कम्पनीहरुलाई एक वर्षदेखि दुई वर्षसम्म कालोसूचिमा राखिएको हो ।
विभिन्न सार्वजनिक निकायले कालोसूचिमा राख्न लेखी पठाएको आधारमा कार्यालयले कालोसूचीमा राखेको जनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार










