पार्टीको स्थायी कमिटी बैठकमा आज प्रचण्डले जवाफ दिँदै
काठमाडौं, साउन १९ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा आज (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकको तेस्रो दिन आज बिहान ११ बजेदेखि सुरू हुने बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिन लागेका हुन् ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाका अनुसार शुक्रबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव र एजेन्डाहरूमाथि शनिबारदेखि सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।
अध्यक्ष प्रचण्डले आज जबाफ दिएपछि निर्णय गरी आजै बैठक समापन हुनेछ । बैठकले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय गर्ने बताइएको छ ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार










