दुई वर्षीया शिशुको कुलोमा डुबेर मृत्यु



दाङ । आँगनमा खेलिरहेका शिशुको कुलोमा डुबेर मृत्यु भएको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत कुलोमा डुबेर मृत्यु भएको हो ।

सोमबार बेलुका उनी आँगनमा खेल्ने क्रममा घरनजिकै रहेको ठोकुवा कुलामा लड्न पुग्दा बगेकी थिइन्।

बेलुकी साढे पाँच बजेतिर घरको आँगनमा खेल्दै गर्दा गोठुवा कुलोमा बगेकी शुष्माको बेलुकी ६ बजेतिर उद्धारपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरियो। तर, त्यहाँ उनको उपचारका क्रममा राति साढे नौ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्