पहिरोका कारण दाङ-सल्यान सडक खण्ड अवरूद्ध



काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण दाङ-सल्यान सडकखण्ड अवरूद्ध भएको छ। 

राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ मा बिहान ५ बजेतिर खसेको पहिरोको कारण सडकखण्ड अवरूद्ध भएको हो। 

पहिरोका कारण गन्तव्यमा जान हिँडेका सवारी साधन बीचमा रोकिएका छन् ।

वर्षा जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्