बागमती प्रदेशमा बानियाँले मुख्यमन्त्रीको सपथ लिँदै, एमालेबाट मन्त्रीको टुङ्गो
हेटौंडा । इन्द्रबहादुर बानियाँले आज बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा शपथ लिँदैछन्।
मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ ।
बानियाँसँगै नेकपा एमालेका तर्फबाट ६ जना मन्त्रीहरूले पनि शपथ लिनेछन् ।
मधुसूदन पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी हुनेछ, जसमा जसमा एक जना पुरानै मन्त्री र ५ जना नयाँ अनुहार हुनेछन्।
दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर रहेका छन् । उनलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।
जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा.दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनाउने एमालेको तयारी छ ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार










