पहिरोले बुटवल-तानसेन सडक अवरुद्ध



पाल्पा । पहिरोले तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण हिजो बेलुकीदेखि सडक अवरुद्ध भएको हो ।

चट्टान र लेदोसहितको पहिरो पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन । वर्षा रोक्किएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्