कांग्रेसबाट निर्वाचित तारकेश्वर-११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ



काठमाडौं । तारकेश्वर नगरपालिका–११ का वडा अध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् ।

काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतविरूद्ध जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरूद्ध ज्यानमार्ने उद्योग कसुरमा पक्राउ पुर्जी जारी भएको हो। उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

बालाजु प्रहरी वृत्तका अनुसार बस्नेतलाई आज बिहान पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ परेका वडाध्यक्ष बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तारकेश्वर–११ र काठमाडौं–१६को सीमाना पर्ने महादेव खोला किनारमा बाँध निर्माण गर्ने विषयमा दुई पक्षका स्थानीयबीच झडप भएको थियो।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्