पहिरोले जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं, साउन २१ । पहिरोका कारण जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

यसमध्ये जुम्ला सुर्खेत सडकखण्डमा आज बिहान ६ बजे कालिकोट खाँडाचक्र नगरपालिका–५ बिहानी खोलानजिक माथिबाट आएको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

यस्तै बैतडीस्थित जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे बझाङ सडकखण्डमा बिहान ७ बजे बैतडी सिगास गाउँपालिका–९ रमिलापुरस्थित पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध दुवै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्