हस्ताक्षर गर्दैगर्दा नाबालिग यौन दुव्र्यवहारका दोषी कोइराला पक्राउ
विराटनगर, साउन २१ । नाबालिग यौन दुव्र्यवहारमा दोषी ठहर गरिएका सुनसरीको वराहक्षेत्रका अर्थराज कोइराला पक्राउ परेका छन् ।
आफ्नै घरमा काम गर्न राखिएकी नाबालिगलाई यौन दुव्र्यवहार गरी फरार रहेका उनलाई प्रहरीले ५९ वर्षीय कोइरालालाई मंगलबार बिराटनगरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला उनलाई पक्राउ गरिएको हो ।
नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका कोइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा उनले आफ्नै घरमा बस्ने नाबालिगलाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरे पनि उनी धरौटीमा छुटेका थिए । कोइरालालाई सुनसरी जिल्ला अदालतले ले गत असार ३२ गते बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भएको थियो ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार










