ट्वाइलेट जान्छु भनी हिँडेकी किशोरीको शव मर्स्याङ्दीमा भेटियो



काठमाडौं । गोरखामा एक किशोरीको शव फेला परेको छ।

तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखा नगरपालिका -५स्थित मर्स्याङ्दी किनारमा फेला परेको हो।

सोमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी गएकी रमा घर नफर्किएपछि बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीमा खबर गरेका थिए। खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्