डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु



उदयपुर । उदयपुरमा डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु भएको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको हो ।

श्रेष्ठले साउन १९ गते आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए। उनको अवस्था जटिल देखिएपछि उपचारका लागि बिराटनगरस्थित टिचिङ अस्पताल लगिएको थियो।

उपचारको क्रममा आज बिहान चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका हुन्।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्