आरटीएन दिवसको अवसरमा बिराटनगरमा रक्तदान कार्यक्रम
बिराटनगर, साउन २१ । आरटीएन (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा बिराटनगर सेन्ट्रल राउण्ड टेबल १५, ४१ क्लब ४ बिराटनगर, र ट्याङ्गेण्ट्स क्लब १ बिराटनगरको संयुक्त आयोजनामा जयहिन्द पीयू टेक, बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
समाजसेवा र मानवता प्रतिको प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरिएको हो।
रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा क्लब सदस्यहरू, स्वयंसेवकहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो।
त्यसक्रममा कुल ४२ पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जनाएका छन् ।
यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिनुका साथै सहयोग र एकताको भावना बलियो बनाउने आयोजकले विश्वास लिएका छन् ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार










