झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब ६३ करोड कारोबार



काठमाडौं । सेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेर २८३६.३५ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ । कारोबार रकम एक अर्ब ७० करोड रुपैयाँले घटेको छ ।

आज बजारमा सात अर्ब ६३ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भयो । मंगलबार नौ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो ।

११२ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

ट्रेड टावर र माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा लगानी, माइक्रोफाइनानस, म्युचुअल फन्ड, व्यापार र ‘अन्य’ समूह छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्