मेगा मनसुन सर्भिस क्याम्प सञ्चालन हुँदै, विशेष छुट र थप सेवा पाइने
काठमाडौं, साउन २१ । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ ।
यो विशेष पहल अन्तर्गत फोटोन सवारी धनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मत सम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरूसमेत पाउन सक्नेछन् ।
‘मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक तपाईंको गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् । यसका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारी धनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेगा मनसुन सर्भिस क्याम्पकोमुख्य आकर्षण भनेको फोटोनसवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच हो । यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्या्उँछ । यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ ।
यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवापनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्याकउँछ ।
साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पाट्र्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५% छुटपनि उपलब्ध छ । ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउनसक्नेछन् र अकस्मात बिग्रने सम्भावना घटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउने कम्पनीको दाबी छ ।
यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्रउपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङगर्न सक्नेछन् जसले गर्दा धेरैबेर नपर्खी प्राथमिकता अनुसार सर्भिसको सुविधा पाउने कम्पनीले जनाएको छ ।
फोटोन टोटल केयरको अनुभवी टोली छिटो र भरपर्दो सेवा दिन तयार भएकाले आत्मविश्वासका साथ वर्षायामको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार
















