रवि लामिछानेलाई भेट्दै पूर्व प्रधानमन्त्री भट्टराई



काठमाडौं । नेसपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका लामिछाने भैरहवा कारागारमा रहेका छन् ।

लुम्बिनी प्रदेशको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज भैरहवा पुगेका भट्टराई लामिछानेलाई भेट्न कारागार जाने भट्टराईको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्