माता दुर्गाको अवतारमा एलिना – नारी कोमल छन्, तर कमजोर होइनन्
काठमाडौँ । गायिका एलिना चौहान माता दुर्गाको अवतारमा देखिएकी छन् । सामाजिक सञ्जालमा उनले नयाँ रूपसहितको तस्बिर साझा गरेका हुन् ।
उनले पोस्टसँगै लेखेकी छन्, ‘नारी कोमल छन्, तर कमजोर होइनन्। शक्तिको प्रतीक हुन्, सहनशीलताको उदाहरण हुन्, र परिवर्तनको स्रोत हुन्।’
एलिनाको हालैमात्र प्रकाश सपुत र एलिना चौहानसँग नयाँ गीत ल्याएकी छन् । ‘नाइँ भनेसि नाइँ’ बोलको गीतले ५ दिनमा झण्डै ७ लाख भ्युज पाइसकेको छ ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार
















