१८.३० अंकले बढ्यो नेप्से, कारोबार पनि बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक बिहीबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा बन्द भएको छ ।

बजार खुलेपछि आज कारोबारमा आएका सबै १३ समूहकै परिसूचकमा हरियाली देखिएको छ ।

कारोबार रकम सामान्य बढेको छ ।यस दिन नेप्सेसँगै कारोबार पनि सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९० करोड रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आठ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार सात अर्ब ६३ करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१८७ कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको सेयर मूल्य घटेको छ । सिक्लेस र वरुण हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सिक्लेस हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १०४ रुपैयाँ ९७ पैसाले बढेको छ । यसको सेयर मूल्य प्रतिकित्ता एक हजार १७५ रुपैयाँ ४१ पैसा कायम भएको छ । वरुण हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ३९१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ८७ पैसाले घटेको छ । यसको सेयर मूल्य प्रतिकित्ता दुई हजार ४३२ रुपैयाँ ०.२ पैसा कायम भएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १६० रुपैयाँ ७१ पैसा कायम भएको छ । यी दुई कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्