मध्यपहाडी लोकमार्ग अवरुद्ध



काठमाडौं । बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–२, खारपानीमा सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ८ बजे उक्त स्थानमा पहिरो खसेको हो ।

लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्