यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी भिड्दै
काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज साउदी अरेबियासँग भिड्दै छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।
पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी गरेको नेपाली महिला टोली पहिलो जितको लागि साउदी अरेबियासँग भिड्दै छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार
















