सप्तरीबाट चार क्विन्टल गाँजा बरामद
काठमाडौं । सप्तरीबाट चार क्विन्टल गाँजा बरामद गरिएको छ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट गएराति सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले ३ सय ९७ केजी गाँजा बरामद गरेको हो।
१७ वटा पोकामा लुकाएर राखेको अवस्थामा सुरक्षा फौजले ३ सय ९७ केजी गाँजा बरामद गरेका छन् ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार
















