बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध



काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ।

नवलपरासीको दाउन्ने खण्डमा वर्षाले सडक हिलो र चिप्लो भएपछि सडक अवरुद्ध भएको हो।

दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनःअवरुद्ध बनेको छ।

दाउन्ने सडक खण्ड अवरुद्ध भएका कारण सवारी आवात जावतमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्