एनपिएलका लागि आज मिनी अक्सन हुँदै, ३७ खेलाडी भित्र्याइने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि आज (शनिबार) मिनी अक्सन हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज हुने अक्सनमा १५० खेलाडी सहभागी हुने छन् । अक्सन दिउँसो ३ बजेदेखि सुरु हुनेछ । ​

अक्सनमा आठवटा टोलीले खेलाडीमाथि बोली लगाउने छन् । खेलाडीलाई तीनवटा श्रेणीमा विभाजन गरिएको छ, ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ जना र ‘सी’ मा १०६ जना । यो विभाजन खेलाडीको अनुभव, प्रदर्शन र सम्भावित भूमिकाका आधारमा गरिएको हो ।

सूचीमा ६७ ब्याटर, ४१ बलर र ४२ अलराउन्डर रहेका छन् । यीमध्ये २६ जना विकेटकिपरसमेत हुन् । प्रदेशगत सहभागितामा मधेश प्रदेश अगाडि छ, जहाँबाट ३० जना खेलाडी अक्सनमा सहभागी हुने छन् ।

अक्सनमार्फत १५० खेलाडीमध्ये कम्तीमा ३७ जनामा बोली लाग्नेछ । यसमा ‘ए’ श्रेणीबाट चारजना, ‘बी’ बाट २३ र ‘सी’ बाट १० खेलाडी बिक्री हुनेछन् ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्