गाविस सचिव कार्यालयभित्रै झुण्डिएको अवस्थामा भेटिए


 


gopal

भोजपुर, असार १२
भोजपुरको धोद्लेखानी गाविसमा कार्यरत् गाविस सचिव झुण्डिएको अवस्थामा भेटिएका छन् । संखुवासभा धुपु गाविस–९ घर भई हाल मोरङ्गको कोशी हरैचा नगरपालिका १ खोर्सानेमा स्थायी बसोबास गर्दे आएका २७ बर्षिय गोपाल चिमरिया शनिबार विहान झुण्डिएको अवस्थमा भेटिएका हुन् ।
चिमरियालाई गाविस कार्यालयभित्रै झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका हुन् । सचिव चिमरिया करिब ६ महिना अघिबाट नयाँ नियुक्ति सँगै निजामति सेवामा प्रवेश गरेका थिए ।

गाविसका कार्यालयका सहयोगी सिताराम ढकालका अनुसार शुक्रबार दिउँसो १ बजेतिर गाविसमा काम छ भनेर हिंडेका चिमरिया वेलुका कोठामा नफर्किएपछि विहान खोजी गर्दा कार्यालयभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् । स्थानीयले घटनाको विषयमा प्रहरीलाई खबर गरेपछि यतिबेला मानेभन्ज्याङ्ग प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल गएको छ । घटना थाहा पाएलगतै चिमरियाका आफन्त मोरङबाट भोजपुर आउँदै गरेको मृतकका भाई रविन चिमरियाले मोबाइलमा जानकारी दिए । म लोकसेवाको तयारी गर्दे थिए, तीन दिन अघि दाजुले सदाझै मसँग कुराकानी गर्नु भएको थियो रविनले भने । चिमरियाको तीन बर्षको छोरो र श्रीमती छन् । घटनाको कारण भने खुल्न सकेको छैन् ।
मृतक सचिव चिमरिया । केही महिना अघि धाेद्लेखानी गाविसमा अायोजित कार्यक्रमा खिचिएको यो फाइल तस्बिर हो ।

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्