जम्मू–कश्मीरमा सेना र आतंकवादीबीच गोली हानाहान



काठमाडौं, साउन २५ । भारतको जम्मू–कश्मीर क्षेत्रमा फेरि सेना र आतंकवादीबीच गोली हानाहान भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार जम्मू–कश्मीरको किश्तवाड जिल्लामा सेना र आतंककारीबीच गोली हानाहान भएको हो । उपत्यकाको डुल क्षेत्रमा गोलीबारी चलिरहेको बताइएको छ ।

सेनाका जवानहरूले खुफिया जानकारीमा आधारित अपरेसन सञ्चालन गरेपछि मूठभेड भएको हो ।

कुलगाम जिल्लामा रातिको गोलीबारीमा दुई सैनिकको मृत्यु भएपछि चिनार कोप्र्सले अपरेसन अखाल जारी राखेको छ । मृत्यु हुने सैनिकमा प्रितपाल सिंह र सेपाय हर्मिन्दर सिंह रहेका छन् ।

कुलगाम गोलीबारीमा भारतीय सेना, जम्मू–कश्मीर प्रहरी, विशेष अपरेशन समूह लगायत सहभागी थिए । उक्त घटनामा कम्तीमा एक आतंकवादीको मृत्यु भएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्