धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते



धनकुटा । धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

जिल्लाको धनकुटा नगरपालिका-८, स्थित गाईजात्रा हेर्न टेकुनालाबाट धनकुटा बजारतर्फ जादै गरेको २ च २३०९ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो ।

गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते तीन जनालाई भने थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्