नुहाउने क्रममा सात वर्षका दुई बालिका महाकाली नदीमा बेपत्ता



कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा आज नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा भीमदत्त नगरपालिका-११ की ७ बर्षिया जीविका पन्त र ७ बर्षिया सानबी पन्त रहेका छन् ।

उनीहरूको खोजी भइहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्