नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक



काठमाडौं, साउन २६ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन् ।

नेपाली गार्मेन्टमा उत्पादित जर्सीलाई शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले प्रायोजन गरेको छ । नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ भने दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ ।

जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्