सुर्खेतमा अटो दुर्घटना : ६ जना घाइते, ५ महिने शिशुको अवस्था गम्भीर



सुर्खेत । सुर्खेतकोमा आज अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका सदस्यसहित सात जना घाइते भएका छन् ।

जिल्लाको चौकुने गाउँपालिका-८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो रिक्सा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो ।

दुर्घटनामा अटो चालकसहित सवार सबै जना घाइते भएका छन् ।

घाइते सबैको गुडु बजारको एक स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अटोमा क्षमताभन्दा बढी यात्रु भएकाले अनियन्त्रित भएको हुनसक्ने आशङ्का गरेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्