एभरेष्ट बैंकको खुद नाफा करिब ५ अर्ब



काठमाडौं २६ साउन। एभरेष्ट बैंकले गत आर्थिक वर्ष करिब ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार एकवर्षे अवधिमा खुद नाफा ३२.८१ प्रतिशतले वृद्धि भएको छ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो।

विवरणअनुसार उक्त अवधिमा बैंकले ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ वितरण योग्यनाफा कमाएको छ।

एकवर्षे अवधिमा बैंकको वितरणयोग्य नाफा ५०.०३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद नाफा र वितरणयोग्य नाफा बढेसँगै बैंकको लाभांश क्षमतासमेत ३८.२७ प्रतिशत पुगेको छ। अघिल्लो आव वर्ष बैंकको लाभांश क्षमता २८.०६ प्रतिशत थियो।

गत वर्ष बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ९ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै, उक्त अवधिमा बैंकले २ अर्ब ९३ करोड रुपैयाँ खुद सञ्चालन आम्दानीसमेत गरेको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्