घुस दिएर लाइसेन्स लिनेको बिचल्ली



काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् ।

न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ ।

सिन्धुपाल्चोक ठुलो सिरुबारीका अनिल श्रेष्ठले २०७५ सालमा बिचौलियामार्फत ४० हजार रुपियाँ दिएर कार, जिप, ट्रक, बस र लरीको लाइसेन्स निकालेका थिए ।

पाँच वर्षसम्म काठमाडौँ चक्रपथमा गोकर्णेश्वर यातायात चलाए । अहिले लाइसेन्स नवीकरण गर्न जाँदा ढड्डामा कुनै विवरण भेटिएन ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्