२ जना मृतावस्थामा फेला



काठमाडौं । जुम्ला र कास्कीमा दुई जना मृतावस्थामा फेला परेका छन् । जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका-६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका-२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्