नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न भारत सहमत



काठमाडौं । नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न भारत सहमत भएको छ ।

अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

जसअन्तर्गत लिखु-२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली निर्यात हुनेछ ।

अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यात हुनेछ । यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो ।

बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ ।

यसरि कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ ।

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्